कोरोना संक्रमणबाट बाग्लुङकी ४८ वर्षिय महिलाको मृत्यु

पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाग्लुङकी ४८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण सोमबार विहान मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका १३ की ४८ बर्षीय कोरोना संक्रमित महिलाको आइतबार साँझ ७ बजे पर्बत जिल्ला, कुश्मा नगरपालिका – ५ मा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराबाट प्राप्त प्रतिबेदन जेठ २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उहाँ कोभिड १९ सहित मधुमेहको समेत समस्या रहेको जिल्ला अस्पताल पर्बतका मेशुले जानकारी दिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...