राखेप नवनियुक्त बोर्ड सदस्यको सपथ ग्रहण

काठमाडौं, कात्तिक ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनित गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले भन्नु भयो, नवनियुक्त सदस्यहरु कुनै न कुनै भूमिकामा खेल क्षेत्रसंग जोडिएको भएकाले वहाँहरुको अनुभव र सक्रियाताले खेल क्षेत्रले नयाँ उचाइ लिने छ । नवनियुक्त सदस्यहरुतर्फ इशारा गदै वहाँले भन्नु भयो म विश्वास छु नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्ने कुरामा यहाँहरुको योगदान महत्वपूर्ण हुने छ ।
सोही अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए । शपथ पश्चात मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य गोबिन्द भट्राई बिभागिय प्रमुख कुलवहादुर थापालगायतको उपस्थितिमा नवनियुक्त सदस्यहरुसंग छलफल गर्नु भएको थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...