नेकपा महानगरले भन्यो, ‘लालपुर्जा दिलाईदिन्छौ भन्नेलाई कारबाही गरियोस’

पोखरा, कात्तिक ४ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को नेतृत्वको सरकारले जनताका समस्याप्रति जिम्मेवार रहेको बताएको छ । नेकपा पोखरा महानगर कमिटिले मंगलबार एक विज्ञप्ति जारी गदै सुकुम्वासी तथा अव्यवस्थित बसोवास समस्या समाधान आयोगको पोखरा महानगर, कास्की जिल्ला र प्रदेश तहमा आयोगका संरचनाहरु बन्ने क्रममा छन् रहेको बनिन सकेको जनाएको छ ।

विज्ञप्तिमा निभएको छ, ‘सुकुम्वासी तथा अब्यवस्थित बसोबासजस्ता समस्या सधानमा गर्न अग्ररसता देखाइरहेको । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटी महानगरभित्र घटेका घटनाहरुप्रति सधैं संवेदनशील रहदै आएको छ । ’

अहिले हाम्रो पार्टी संघीय, प्रदेश र स्थानिय सरकारको नेतृत्व पनि गरिरहेको अवस्थामा हाम्रो पार्टी र सरकार जनताका समस्याप्रति उत्तिकै जिम्मेवार पनि छ नेकपाले भनेको, ‘नेपाल सरकारले भूमि व्यवस्था आयोग गठन गरी देशमा रहेको सुकुम्वासी तथा अव्यवस्थित बसोवासजस्ता समस्या समाधान गर्न अग्रसरता देखाइरहेको छ, जुन सह्रानीय कदम हो ।’


यसै विच हाम्रो पोखरा महानगरपालिकाभित्र केहि अवाञ्छित गतिविधिहरु समेत हुदै गरेको सुन्नमा आएको छ अध्यक्ष दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेद्धारा जारी विज्ञप्तिममा भनिएको छ,‘धेरै संख्यामा सुकुम्वासीहरुको बसोवास रहेको पोखरा महानगरपालिकाका केहि वडाहरुमा लालपुर्जा दिलाईदिने र घर जग्गा दर्ता गरिदिने भन्दै सुकुम्वासी व्यक्तिहरुमा नगद जम्मा गर्ने आर्थिक हर्कतहरु भएको र केहीलाई समातेर प्रशासन मार्फत् कार्वाही अगाडी बढिरहेको पनि छ । वातावरण धमिल्याउन र माछा मार्ने यस प्रकारका गतिविधिहरुमा संलग्न हुनेलाई हदैसम्मको कार्वाहीको लागि जोडदार माग गर्दछौं ।’

महानगरवासी सम्पूर्ण जनसमुदाय र पार्टीपंक्तिलाई समेत यसप्रकारका गतिविधिहरु विरुद्ध दृढतापूर्वक सकृय रहन आह्वान गर्दछौं । जनतालाई भ्रममा पार्ने, ठगी गर्ने यस्ता समाजका कलंकहरुप्रति निमर्म हुदै सचेत रहन आधिकारीक निकाय बाहेक वा अन्य कुनै व्यक्ति वा सदस्यले गर्ने यस्ता क्रियाकलायप्रति विश्वास नगरी आवश्यक परेको खण्डमा सरकारका आधिकारीक निकाय र पार्टी कमिटीलाई सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...