फेवातालको चार किल्ला निर्धारण र सिमांकन तथा नक्सांकन समितिको संयोजकमा पौडेल

पोखरा, कात्तिक ४ गते । पोखराको पर्र्यटकीय क्रेन्द्र्र फेवातालको चार किल्ला निर्धारण र सिमांकन तथा नक्सांकन समितिको संयोजकमा नेकपा नेता पुण्यप्रसाद पौडेल नियूक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारले पौडेललाई नियुक्त गरेको हो ।

गत कात्तिक २ गते सम्पन्न प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रश्तावमा अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी पौडेललाई संयोजकमा नियुक्त गरेको सरकारका प्रवत्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

समितिमा नियुक्त पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य हुनुहुन्छ ।

संघीय सरकारले गत साउनमा फेवातालको चार किल्ला सीमाङ्कनका लागि भूमि व्यवस्था मन्त्रालय तथा संरक्षित जलाधार क्षेत्र घोषणका लागि वन तथा वातावरणम मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

समितिका अन्य सदस्यहरुमा पोखरा महानगरपालिकाका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्यि ताल संरक्षण समितिका सदस्य,नापी विभागका उपसचिव तथा नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहनेछन् ।

मन्त्रिपरिषद् बैठकले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघीय सरकरालाई सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि संघीय सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बैठकले पूर्वाधार विकास कार्र्यविधिलाई संशोधन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...