कोरोना सक्रमणबाट गण्डकी प्रदेशमा दुई पुरुषको मृत्यु

पोखरा, कात्तिक ५ गते । कोराना संक्रमणका कारण गण्डकी प्रदेशमा थप दुई जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार विहानै जारी गरेको विज्ञप्तिमा नवलपरासी जिल्लाका ५० वर्षिय पुरुषको ज्यान गएको हो ।

नवलपरासी गैंडाकोट ७ का ५० बर्षीय पुरुषको मंगलबार राती ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसियुमा उपचारको क्रममा निधन भएको हो । यसैगरी म्याग्दी जिल्ला, धौलागिरी ७ का ८५ बर्षीय पुरुषको मंगलबार रातको ८ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान कोभिड आई.सियुमा उपचारको क्रममा निधन भएको । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराबाट प्राप्त प्रतिबेदनमा उल्लेख गरिएको छ्र। यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...