शव व्यवस्थापनमा ‘रोबो भ्यान’

बनेपा, कात्तिक ६ गते । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुुनुु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् ।


रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए ।

आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो । नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने बताइएको छ । रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिएको बताउनुभयो । ‘रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्छ,’ श्रेष्ठले थप्नुभयो ।

विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको एक समूूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अगाडि बढाएका हुन् । अभियान्त्रिक कर्मशाला परियोजनाको नेतृत्व तथा रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यानले मृत शरीरलाई अस्पतालको शøयाबाट शव वाहन र शव वाहनबाट घाटसम्म स्थानान्तरण गर्न सहयोग गर्ने बताउनुभयो । ‘‘विभिन्न भाइरसका कारण मानिसलाई छुनै नहुने अवस्था आएकाले उक्त भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि खट्ने व्यक्तिहरू सङ्क्रमित हुने डर भएकाले शव व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास ग¥यौँ,’’ कार्कीले थप्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...