कोरोना संक्रमणका कारण गण्डकीमा थप तीन जनाको मृत्यु

पोखरा, कात्तिक ९ गते । गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड(१९ सहित न्यूमोनियाको समस्या रहेकोमा कात्तिक ३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उहाँँलाई असोज ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका २२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको ८ गते बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको हो । कोभिड १९ सहित न्यूमोनियाको समस्या रहेको उहाँमा कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उहाँलाई कात्तिक ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

 

यता पोखरा महानगरपालिका ३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते दिउसो ४ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । कोभिड १९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको थियो । उहाँमा ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...