गण्डकीमा थपिए ६५ संक्रमित

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोस्टिक प्रा.लि., पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ६५ जना संक्रमितहरु थपिएका हुन् ।

सबै संक्रमितहरु लाईफ केयर डाईग्नोस्टिक प्रालि पोखरामा पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाईएको थियो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...