बेनीमा जीप दुर्घटना, एक जनाको मृत्यु

बेनी, कार्तिक १४ गते । हिमाली जिल्ला म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा ध१ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ११ जना घाइते भएका छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा दुर्घटना हुँदा अन्नपुर्ण गाउँपालिका–२ भूरुङ तातोपानीकी १० वर्षिय रिया बि.क.को मृत्यु भएको छ ।

 

वि.क.को बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । त्यस्तै घाइतेहरु मध्ये रघुगंगा गाउँपालिका–६ का ३० वर्षिय चालक नन्दलाल छन्त्याल, ८ वर्षिय दिक्षा शेरपुजा र बेनी नगरपालिका–८ का ४२ वर्षिय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रिफर गरीएको सुवेदीले बताउनुभयो ।

अन्नपुर्ण गाउँपालिका–२ की ४२ टकमायाँ बिक, रघुगंगा गाउँपालिका–६ का ३० वर्षिय बसन्त छन्त्याल, ५० वर्षिया अप्सरा पाइजा, २० वर्षिय सिर्जना शेरपुञ्जा, ४० वर्षिय ठककुमारी शेरपुञ्जा, १४ वर्षिय दिवा शेरपुञ्जा, चालककी श्रीमती मायाँ छन्त्याल र ७ वर्षिय इच्छा शेरपुञ्जा घाइते भएको र उनीहरुको बेनी अस्पतालमा उपचार भै रहेको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...