लहरै हाँसेका हिमालले लोभ्याउछ मन, हिमाल छेक्दै अग्ला घर

एकराज गिरी । पोखरा, कात्तिक १५ गते । पोखरा प्राकृतिक छटाले भरिपूर्ण सहर हो । यहाँ आउने पर्यटकलाई प्राकृतिले मोहित बनाउछ । हिमाल, ताल र डाँडाकाडाँले मनोरम छ । पोखराको विशेषता जहाँ उभियो त्यहीबाट देखिन्छ हिमश्रृखला । पोखरा महानगरभित्र प्रवेश गरेपछि लहरै हाँसेका सेताम्मे हिमालले आन्तरीक हुन् या बाह्य पर्यटक सबैको मन लोभ्याउछ । पोखराका होचा खोचदेखि अग्ला डाँडाकाडाबाट हिमालको मनमोहक दृश्य नियाल्न सकिन्छ । पोखरा आउने अधिकांश बाह्य पर्यटक त्यही हिमालको दृश्याबलोकनका लागी आउछन् ।

हिमालाई पृष्ठभुमिमा पारेर फोटो खिचाउने रहर पुरा गर्न आउने पर्यटकका कारण पोखरा पर्यटकीय शहर बनेको छ । तर आज त्यही सहर मानवीय अतिक्रमणले कुरुप बन्दै जान थालेको छ । पोखरा हरेक ठाँउबाट देखि हिमालका दृश्य विस्तारै छेकिदै गएका छन् । हिमाल हेर्नका लागि अग्ला डाँडाको खोजी गर्नुपर्ने अवस्थामा पुगेको छ । मापदण्ड विपरित बनेको गगन चुम्वी महलका कारण हिमालका दृश्य छेक्किएका छन् । पोखरामा क्रंकिटका अग्लाहरुले पर्दा को काम गरिरहेका छन् । पोखरा मौसम सफा हुदाँ हातैले छोइएला झैं निलो आकाश यहाँबाट देखिने दृश्यको वर्णन गरेर साध्य छैन । पोखरा न्यूरोडका महेन्द्र श्रेष्ठलाई पोखरा रमाइलो लाग्छ ।

बिहानै उठने वित्तिकै देखिने हिमालको दृश्यले उहाँको मन लोभ्यायो । उहाँ काठमाडौबाट २५ वर्ष अगाडी पोखरा आउनु भएको हो । पोखराको सुन्दरता देखेर उहाँले काठमाडौ फकर्ने कल्पनै गर्नुभएन् । उहाँ पोखरा ब्यत्तिगत कामले आउनु भएको थियो उहाँले भन्नुभयो, ‘तर काठमाडौ भन्दा पोखरा धेरै राम्रो लाग्यो । अनि फकनै मन लागेन् ।’ श्रेष्ठ भन्नुहुन्छ, पोखरामा सहजै हिमाल देख्न पाइन्थ्यो तर अग्ला घर निर्माणले छेक्दै गएको छ । यसले यहाँको सुन्दरता हराउछ ।

यस बारेमा यहाँका सरोकारवाला निकायले सोच्नुपर्छ । पोखरालाई राम्रोसँग नियाल्दै आउनु भएका उहाँलाई हाल जथभावी रुपमा बनेका अग्ला घर देख्दा चित्त दुख्ने गरेको छ । नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन । उहाँले सुनाउनुभयो । हिमाल छेकिने गरी मात्रै हैन यहाँका तालतलैयाँको मापदण्ड मिचेर घर निर्माण गर्ने क्रम समेत बढेको छ । ताल मिचेर घर निर्माण रोक्ने कार्यमा स्थानीय सरकार पोखरा महानगरले केही प्रयास गरेको भएपनि सफल हुन सकेको छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...