भातरीय सेनाध्यक्षको भ्रमण, स्वागत र सम्मान खारेजको माग गदै पोखरामा प्रर्दशन गरीने

पोखरा, कात्तिक १५ गते । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरबणेको नेपाल भ्रमणको विरुद्धमा पोखरामा प्रर्दशन हुने भएको छ । संयुक्त देशभक्त मोर्चाको शनिबार बसेको बैठकले नेपाल र नेपाली जनताको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण एवं स्वागत सम्मान खारेजको माग गदै शान्तिपूर्ण धर्ना गर्ने निर्णय गरेको छ ।

कात्तिक १७ गते पोखराको सहिदचोकमा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिने भएको हो ।स्वास्थ्य सुरक्षाका आधारभुत मापदण्ड पालना गरेर प्रर्दशन गरीने अभियान्ता रामबहादुर पौडेलले बताउनुभयो । त्यस्तै धर्नामा सहभागीले आफूखुशी प्लेकार्ड ल्याउन पाइने छैन् । धर्नामा नाराबाजी, होहल्ला र अराजक गतिविधि गर्न नपाइने पौडेलले बताउनुभयो । सहभागीले आयोजकको निर्देशन पालना गर्नुपर्ने सर्तहरु राखिएका छन् ।

 

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा १९ गते बुधबारदेखि हुने तीन दिने नेपाल भ्रमणमा सेनाध्यक्ष नरबणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नुहुने डा. भट्टराईले बताउनुभयो । त्यस्तै, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेको शिष्टाचार भेट हुने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...