युवा संघ कास्कीको इन्र्चाजमा विष्णु, जिल्ला सहसंयोजकमा डिल्ली र महानगर संयोजकमा मोहन

पोखरा, असोज १६ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ कास्कीको इन्चार्जमा विष्णु पुनले जिम्मेवारी पाउनु भएको छ ।

पुन साविक युवा संघका कास्की जिल्ला अध्यक्ष हुुनुहुन्थ्यो भने एमाले र एमाओबादी एकिकरणपछि केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । त्यसैगरी सहइन्चार्जमा साविक वाइसीयलका विपिन आचार्यले जिम्मेवारी पााउनुभएको छ ।

राष्ट्रिय युवा संघको असोज १४ र १५ गते राजधानी काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले ७७ वटै जिल्ला तथा महानगर र उपमहानगर कमिटीमा नेतृत्व चयन गरेको हो । संघको कास्की जिल्ला सहसंयोजकमा डिल्लीराम सुवेदीलाई जिम्मेवारी दिइएको छ । संयोजकमा यसअघि साविक वाइसीयलबाट भोजराज पौडेल चयन हुनुभएको थियो । विवादका कारण सहसंयोजक पद खाली रहेकामा कार्यालय बैैठकले डिल्ली सुवेदीलाई सहसंयोजकको जिम्मेवारी तोकेको छ ।

त्यसैगरी पोखरा महानगरको इन्चार्जको जिम्मेवारी साविक वाइसीएलका मेखबहादुर विकले पाएका छन् भने सहइन्चार्ज ठाकूर शर्मालाई जिम्मेवारी तोकिएको छ । पोखरा महानगर संयोजकको जिम्मेवारी मोहन सुवेदीलाई तोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...