पोखरा, असोज १९ गते । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई यातायात निःशुल्क गर्ने भएको छ । पोखरा महानगरभित्र सार्वजनीक यातायात प्रयोग गर्ने ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गर्ने भएको हो ।
महानगरले ज्येष्ठ नागरिकलाई यातायात निशुल्क गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको सुरुवातमै निशुल्क बस सेवा सञ्चालन गर्ने योजना महानगरले बनाएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संंक्रमणले प्रभावित बनायो ।
महानगरभित्र सार्वजनीक यातायात प्रयोग गर्ने ज्येष्ठ नागरिकलाई बस भाडा निशुल्क गछौ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो, कोरोनाका कारण वस व्यवसायीसंग छलफल गर्न पाएका छैनोै, छलफल गरेपछि ज्येष्ठ नागरिकलाई सार्वजनीक बसमा यात्राा गर्दा निशुल्क हुन्छ उहाँले भन्नुभयो, ‘महानगरले बस व्यवसायी समितिलाई वार्षिक एकमुष्ट भाडा वापत रकम उपलब्ध गराउने छ ।’