व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउन पोउवा संघको माग  

 पोखरा, १९ असोज । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन  माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको बताउनुभयो ।


‘मृत्युपछि ओखतीको काम हुँदैन’,अध्यक्ष अधिकारीले भने,‘घोषणाको  लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’ उहाँले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिनुभयो ।

लकडाउन र निषेधाज्ञा त खुले पनि  उद्योग÷व्यवसायले गति लिन नसकेको उनको भनाई थियो ।  अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु  पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...