जनवर्गीय संगठन मजबुत भएमात्रै पार्टी संगठन बलियो हुन्छ

हेमजा,असोज २० गते । जनवर्गीय संगठन मजबुत भएमात्रै पार्टी संगठन बलियो हुनेमा जोड दिइएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटी अन्र्तगत वडा नं. १ को सोमवार सम्पन्न सपथ ग्रहण कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।उहाँहरुले पार्टी अहिले एकताको अन्तिम प्रक्रियामा रहेको उल्लेख गर्दै अव टोल कमिटी हुँदै सेल कमिटी गठन तर्फ पनि ध्यान दिइने बताउनुभयो ।त्यसपछि जनवर्गिय संगठन निर्माणमा ध्यान दिनेछौं, जुन पार्टीको लागि आधार स्तम्भ हुने उहाँहरुको ठहर छ।


कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी पार्टीका जिल्ला सचिव एवम् प्रदेश सचिवालय सदस्य बखानसिंह गुरुङले एकतामा नै शक्ति हुने औँल्याउँदै जसलाई गत निर्वाचन परिणमले स्पष्ट पारेको औँल्याउनुभया । गाउँपालिका कमिटी ७५ तथा वडा कमिटी २९ सदस्यिय हुने विधानमा प्रावधान छ, जसकारण नेकपाका कैयन इमान्दार कार्यकर्ता समेत उक्त संङख्या थोरै भएका कारण कमिटीमा आवद्घ हुन सक्ने परिस्थती बनेन, छुटेका सदस्यलाई विभिन्न जनवर्गिय संगठनमा समेट्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

विगतमा कम्युनिष्टले एकता, संघर्ष, विभाजन र त्यसपछि विर्सजनको बाटो अगाल्दा राष्ट हित विपरीत हुन पुगेको समिक्षा गर्दै सचिव गुरुङले अव एकता, संघर्ष र रुपान्तरणको बाटोबाट अगाडि बढ्ने उल्लेख गरे।काँग्रेसले आत्मसात गरेको नवउदारवादी अर्थ नितीका कारण विगतमा देश टाट पल्टने स्थितीमा पुगेको पनि उहाँको दावी छ।पार्टीका गण्डकी प्रदेश सदस्य तथा प्रतिनिधीसभा सांसद दुर्गाकुमारी विकले जनचाहाना अनुसार पार्टी एकीकरण गरिएको स्पष्ट पार्दै पार्टीलाई जीवन्त राख्न अव जनवर्गिय संगठन विस्तार गर्नुपर्ने औँल्याउनुभयो । त्यस्तै प्रदेश सदस्य प्रेम न्यौपानेले कम्युनिष्टको मुख्य हतियार संगठन भएको जनाउँदै संगठन विस्तारलाई तीब्र बनाउनुपर्ने तर्क गर्नुभयो ।

उक्त कार्यक्रममा जिल्ला सदस्य दामोदर वैरागी, गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङ, सचिव लक्ष्मीप्रसाद अधिकारी, जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी, वडा नं. ३ अध्यक्ष हरी शर्मा, राष्ट्रिय युवा संघ कास्की सहसंयोजक डिल्लीराम सुवेदी, वाम बुद्घिजिवीद्वय तुलसीप्रसाद अधिकारी र रामचन्द्र सुवेदी लगायतले पनि धारणा राख्नुभएको थियो

। उहाँहरुले कम्युनिष्टमा आलोचनात्मक चेत हुनुपर्ने, प्रतिक्रियावादी विरुद्घ समयसमयमा खवरदारी गरिरहनुपर्ने, संगठन विस्तारमा जोड दिनुपर्ने, सहिदको बलिदानलाई भुल्न नहुने, एकीकरणका जटिलतालाई बुझ्नुपर्ने, श्रमिक वर्गको उत्थानका लागि अझ क्रियाशिल भई लाग्नुपर्ने तथा कम्युनिष्ट आदर्शमा रहनुपर्ने लगायतका धारणा ब्यक्त गनृभयो ।वडा कमिटी अध्यक्ष सुर्यबहादुर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँ कमिटी सदस्य विराज सुवेदीले स्वागत तथा वडा कमिटी सचिव केदारनाथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...