मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सको शानदार जित

एजेन्सी- मैत्रीपूर्ण फुटबलमा विश्व विजेता फ्रान्सले युक्रेनमाथि शानदार जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध ७-१ को फराकिलो जित निकाल्यो ।

चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पूरा गरे । उनी थिएरी हेनरी भन्दा ९ गोलले पछि छन् ।युवा खेलाडी एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनी फ्रान्सबाट गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी बने ।यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एक/एक गोल गरे । फ्रान्सविरूद्धको एक गोल भने आत्मघाती भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...