८ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित, २ जिल्ला संक्रमणमुक्त

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यी हुन ८ जिल्ला 

काठमाडौं
भक्तपुर
ललितपुर
मोरङ
चितवन
रुपन्देही
सुनसरी
सुर्खेत

यसैगरी मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २ जिल्ला संक्रमणमुक्त भएका छन् ।  जसमा मनाङ र मुस्ताङ रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...