पोखरा महानगरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा, कात्तिक १६ गते ।पोखरा महानगरपालिकामा आइतबार बिहानै ३२ नयाँ संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सबै संक्रमितहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनीकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...