गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरू चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...