प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ ःसांसद बराल

पोखरा, कार्तिक १६ गते । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्।

शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन्।

 

पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना चिन्तित भएको अबस्थामा सांसद बरालले गण्डकी प्रदेशको राजधानि पोखरा भएकोले गर्दा पोखरामा पनि यस प्याराग्लाईडिङ व्यवसायलाई दिगो रुपमा संचालन गर्न के गर्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्ने समेत बताए ।

 

पहिलो पटक प्याराग्लाइडिङ गर्दाको अनुभव निकै रमाईलो लागेको बताएका सांसद बरालले शनिबार भने थोरै मौसम वदली हुँदा धेरै उचाईमा जान नपाएकोमा पुनः प्याराग्लाईडिङ गर्ने इच्छा रहेको जनाए । फ्लाईङ बुद्ध प्याराग्लाईडिङ कम्पनीबाट प्याराग्लाईडिङ पाइलट एवं प्रशिक्षक बालु बसेलले सांसद बराललाई सराङकोट देखि खपौंदी सम्मको क्षेत्रमा करिब २५ मिनेट प्याराग्लाईडिङ गराएका थिए ।

 

पोखराको पर्यटन क्षेत्रको राम्रो सम्भावन भएको प्याराग्लाईडिमा धेरै समस्या भएको र पोखरा क्षेत्रिय विमानस्थल संचालनमा आएसंगै आफुहरु विस्थापित हुनु पर्ने एक प्रकारको हल्लाले आफुहरु निकै चिन्तित भएको पाइलट बसेलले सांसद समक्ष गुनासो समेत गरे । फ्लाईङ प्याराग्लाईडिङ कम्पनीका संचालक एवं प्याराग्लाईडिङ पाइलट हरि गिरीले प्याराग्लाईडिङ क्षेत्रमा हाल धेरै समस्या रहेको बताए ।

 

आन्तरिक पर्यटकहरुलाई हाल बिषेश छुटमा प्याराग्लाईडिङ गराउन थालैसंगै प्याराग्लाईडिङ गर्नेको सङख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए । कोरोनाको कहरमा पर्यटकहरु निकै कम आगमन हुने भएकोले पोखरा र पोखरा आसपासका आन्तरिक पर्यटकहरुलाई कम्तिमा एक पटक प्याराग्लाईडिङ गराएर आनन्द दिलाउन पनि आफुहरुले बिषेश छुटमा प्याराग्लाईडिङ गराउन कम्पनी तथा पाइलटहरुसंगको सहकार्यमा आव्हान गरिएको उनले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...