कोरोना संक्रमणबाट पोखरा–१७ का ६० वषीय पुरुषको मृत्यु

पोखरा, कात्तिक १६ गते । पोखरामा कोरोना संक्रमणबाट आइतरबार एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर १७ निवासी ६० वषीय पुरुषको कोराना संक्रमणको कारण आज विहान ११ ः५५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँमा कात्तिक ११ गते कोरोना संक्रमण पुष्टिभै उपचारत रहेको अवस्थामा आज विहान मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रा.डा.अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।स्वास्थ्य विज्ञान प्रतिष्ठाना ज्यान गुमाउने उहाँ २५ औ ब्यक्ति हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...