अवैध जडिवुटी सहित पाँच जना पक्राउ

पोखरा, कात्तिक १६ गते । जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले ठूलो मात्रामा अवैध जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ ।
यही कार्तिक १५ गते मनाङबाट ग १ ज ७४५३ नम्वरको पिकअप बोलेरो जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

खोजलतास गर्दै जाँदा दिउँसो २ बजेको समयमा लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थान स्थित मनाङ तर्फबाट आउँदै गरेको चालक जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३१ को कर्ण गुरुङले चलाएको उक्त जिपलाई फेला पारी खानतलासी गर्ने क्रममा सोही जिपमा लुकाई छिपाई राखेको अवस्थामा अवैध जडिबुटी जटामसी १६ किलोग्राम, बुकीफुल १२४ किलोग्राम, धुपिपात ५३ किलोग्राम, सुनपात, किलोग्राम, भोजपत्र १३ किलोग्राम गरी जम्मा २१५ किलोग्राम फेला पारेको हो । उक्त जडिबुटी तथा जिप सहित चालक कर्ण गुरुङ, जिपमा सवार भई जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न जिल्ला मनाङ नार्फु गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४५ को लाम्पा छिरिङ लामा र मनाङ नेस्याङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २९ की पल्मु लामालाई पक्राउ गरेको हो ।

लमजुङ बेसीशहर नगरपालिका वडा नं। ८ बस्ने वर्ष ४४ की शान्ता कुमारी तामाङको घर खानतलासी गर्दा लुकाई छीपाई राखेको अवस्थामा प्रतिवन्धित जडिबुटी पाचँऔले ८ किलोग्राम बरामद गरेको छ । वर्ष ४६ को मिन बहादुर तामाङको घर खानतलासी गर्दा अवैध जडिबुटी पाचँऔले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, पिप्ला २४१ किलोग्राम, सतुवा ८.५ किलोग्राम, जटामसी २.५ किलोग्राम, ढालिङ १०६ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी जम्मा ४८२.५ किलोग्राम फेला परेको हो ।

 

शान्ता कुमारी तामाङ र मिन बहादुर तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति तथा बरामद भई आएका जडिबुटी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो । उक्त बरामद भई आएको जडिबुटीको अनुमानित बजार मुल्य उन्नाईस लाख बत्तिस हजार दुई सय नब्बे रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी९पूर्व० स् गैँडाको आक्रमणबाट मानिसको मृत्यु
मिति २०७७।०७।१६ गते अन्दाजी ०६स्०० बजेको समयमा जिल्ला नवलपरासी देवचुली नगरपालिका९१७ कुलेनी बस्ने वर्ष अन्दाजी ६५ को जंगीलाल मुखिया ऐ। स्थित आफ्नै खेतमा तोरी छर्न जाने क्रममा बाटोमा नै गैंडाले आक्रमण गरी गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगि चिकित्सकले चेकजाँच गर्दा ०८स्४५ बजेको समयमा मृत्यु भएको भनि उक्त मेडिकल कलेजबाट खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
म्याग्दी स् शव फेला
मिति २०७७।०७।०६ गते जिल्ला म्याग्दी बेनी नगरपालिका९३ मरेक बस्ने वर्ष अन्दाजी ८१र८२ की अम्बिका शेरपुन्जा हराई बेपता भएको सम्बन्धमा आज मिति २०७७।०७।१६ गते ऐ।ऐ। बस्ने ईन्द्र बहादुर थापाको खर बारीमा मृत्त अवस्थामा रहेको भनि १०स्४५ बजेको समयमा जानकारी हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
तनहुँ स् सवारी दुर्घटना
मिति २०७७।०७।१६ गते १२स्४० बजेको समयमा जिल्ला तनहुँ भानु नगरपालिका९१ साल बिसनी स्थित डुम्रे बेसिशहर ९लम्जुङ० सडक खण्डमा भन्सारबाट डुम्रे तर्फ आउँदै गरेको बा।५ च ६२५८ नं।को एम्बुलेन्सले पैदल यात्री जिल्ला पर्सा हरैचा गाउँपालिका९४ वतन भई हाल ऐ। स्थानमा बस्ने वर्ष २६को नम्मि माझिलाई ठक्कर दिई घाईते भएकोमा मोति किल्निक डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा तर्फ पठाएको, अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...