पाेखरा, कार्तिक १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीकाे निधनप्रती दु:ख ब्यत्त गर्नुभएकाे छ । ट्वीटमार्फत प्रधानमन्त्रीलीले दु:ख ब्यत्त गर्नुभएको हाे ।
“संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएकोमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।”प्रधानमन्त्रीले ट्वीटमा भन्नुभएको छ ।