उत्कृष्ट टान पत्रकारीता पुरस्कारबाट पत्रकार जमुना वर्षा सम्मानित

पत्रकार महासंघ गण्डकीलाई ५० हजार सहयोग 

पोखरा, कात्तिक १९ गते ।उत्कृष्ट टान पत्रकारीता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मा सम्मानित हुनुभएको छ । ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल(टान) पश्चिमान्चल  पोखराको १६ औ अधिवेशनको अबसरमा बुधबार उत्कृष्ट टान  पत्रकारीता सम्मान २०७७  बाट सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल र  टान अध्यक्ष हरि भुजेलले सम्मानपत्र सति दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा   कार्यरत हुनुन्छ भने संचारिका समूह गण्डकीका निबर्तमान अध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य ,पर्यटन पत्रकार मञ्चका केन्द्रिय सचिब  हुनुुहुन्छ ।

यसैवीच अधिवेशकै अवसरमा  नेपाल पत्रकार महासंघ  गण्डकी प्रदेशको निर्माणाधिन भबनको लागि नगदरु ५० हजार सहयोग प्रदान गरिएको छ । पत्रकार महासंघ गण्डीका सचिव इन्द्रप्रासद पौडेललाई गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...