गण्डकीमा शनिबार २७८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

पोखरा, कात्तिक २२ गते । गण्डकी प्रदेशमा शनिबार तीनको मृत्यु र २७८ जनामा संक्रमण पुष्ति भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा ९३८जनाको स्वाब परिक्षण गरिएको थियो भने ६६० को नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । शनिबार गण्डकी प्रदेशमा १७ जनाले कोरोना जितेका छन् ।


शनिबार कास्कीमा १६८ जनामा कोरोन पुष्टि भएको छ । त्यस्तै गोरखामा ३१, तनहुँमा २८, बाग्लुगमा १०, लम्जुगमा १०, नवलपरासी पूर्वमा ६, स्यांजा ५ र पर्वतमा २ जना नयाँ संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...