पोखरा, कात्तिक २५ गते । पोखरा महानगरमा ९१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउसो जारी गरेको पहिलो पटकमा ३१ र दोश्रो विज्ञप्तिमा ३८, तेश्रोमा ८ जना, चौथोमा ४ जना र पाँचौमा १० जना थपिएका छन् ।
गण्डकीमा संक्रमणबाट एकजनाको मत्यु भएको छ । तनहुँ भिमाद नगरपालिका–९ का ६३ वषीय पुरुषको संक्रमणले मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उहाँलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।गण्डकीमा मृत्यु हुनेको संख्या ११२ पुगेको छ । त्यस्तै गण्डकीमा मंगलबार १६५ जनामा संक्रमण पुष्टि भएको छ ।