कास्कीको मादी गाँउपालिकामा एक घर एक पिसिआर गरिने

पोखरा, कात्तिक २६ गते । विश्वब्यापी फैलिएको कोरोना भाइरस संक्रमण पछिलो समय तिव्र गतिमा फैलिएको छ । भाइरस समुदाय स्तरमा फैलिएको छ । सुरुवातमै संघीय सरकारलाई एक घर एक पसिआर गर्न नागरिक समाजले दबाब दिएपनि त्यो सम्भव नभएको सरकारले गर्न नसकिने बताएको थियो । तर कास्कीमो मादी गाँउपालिकाले एक घर एक पिसिआर गर्ने भएको छ ।


समुदायमा कोरोना सङ्क्रमण फैलिएपछि कात्तिक २६ देखी मङ्सिर २ सम्म सार्वजनिक यातायात बन्द समेत गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गरी गाउँपालिकाभित्र तीव्र रुपमा समुदायमा सङ्क्रमण देखिएको र सङ्क्रमण बढ्दो दरमा रहेकाले थप सङ्क्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गरी यसलाई न्यूनीकरणका लागि अत्यावश्यक सेवासँग सम्वन्धित बाहेक भाडाका बस तथा जीप सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

 

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले कात्तिक २४ गतेको गाउँ कार्यपालिका बैठक तथा स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायात सहित गाउँपालिका तथा मातहतको कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थाको सेवा भने यथावत सञ्चालन हुने बताइएको छ ।

यसैगरी सङ्क्रमण उच्च देखिएको वडा नं ९ को नयाँबजार, वडा नं १० को थुम्सिकोट, वडा नं ११ को भगवतिटार र वडा नं १२ को घुम्लेबजार तथा भगवतीटार क्षेत्र मङ्सिर ५ सम्मका लागि सिल गरिने छ । यसैगरी सङ्क्रमण उच्च रहेका क्षेत्रमा एक घर एक पिसिआर गर्ने,कन्ट्याक ट्रेसिङमा परेका सबैको पिसिआर गर्ने,गाउँपालिका क्षेत्रभित्रका पर्यटकीय गतिविधिमा पूर्ण रोक लगाउने लगायतका निर्णय गाउँपालिकाले गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...