बिकास आयोजना हेर्दै, जनता भेट्दै सांसद बिद्या भट्टराई

पोखरा । कार्तिक २७ गते । प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईको कास्की निर्बाचन क्षेत्र २ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ ।भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय,प्रदेश तथा स्थानिय सरकारबाट संचालितआयोजनाको अनुगमन गरेकीहुन ।


सो क्रममा भट्टराईले संचालित योजनाकाकार्यप्रगति र गुणस्तरको अनुगमनगर्दै स्थानियअगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न। यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन।उक्त सडक अन्तर्गत गैह्रागाउजामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको लागतमा ढलान र कालोपत्रेको कामभइरहेको छ।उक्त निर्माणाधीन सडकको अनुगमनगर्दै भट्टराईले कास्किको दक्षिणी भेग सहिततनहुँ र स्याङ्जाकाजनतालाइ समेत सहजहुने सो सडक समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोहीअनुसार कार्य सम्पादन गर्न निर्देशनदिइन। स्थानियउपभोक्ता का समस्यालाई प्राथमिकता राखेर सोहीअनुसार सम्बोधन गर्न स्थानियजनप्रतिनिधिलाई आग्रह गरिन।

बिकास निर्माणका कार्य बाताबरण मैत्रीहुनुपर्ने र सो को लागिकुनै कसर बाकी नराख्नउनले आग्रह गरिन । भट्टराईले आफ्नो क्षेत्रमा संचालितअन्यआयोजनाहरुको अनुगमन जारी राख्ने जनाइएको छ। यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालितआयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहतभलामखानेपानीआयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकमार्ग देउराली सडक लगायतकाआयोजनाहरु अवलोकन गरेको उनको सचिबालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...