देशभर एक हजार ९१३ थपिए सङ्क्रमित

काठमाडौं, कात्तिक २७ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएकोमा दुई हजार ३४९ जना निको भएको जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...