कोरोना संक्रमणबाट पोखरा १५ की ५४ वषीय महिलाको मृत्यु

पोखरा, कात्तिक २८ गते । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ की ५४ वषीय महिलाको मृत्यु भएको हो । उहाँमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आज दिउसो तीन बजे मृत्यु भएको जनाएको छ । शुक्रबार विहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पोखरा–१४ की ६७ वषीय महिलाको मृत्यु भएको थियो । शुक्रबार विहान २ बजेट निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । उहाँ कात्तिक २१ गते प्रतिष्ठानमा भर्ना भएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...