गण्डकी खेलुकद विधेयक प्रमाणीकरण

पोखरा, कात्तिक २९ गते । गण्डकी खेलकुद विधेयक प्रमाणीकरण गरिएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेचरनले गण्डकी खेलकुद विकास विधेयक २०७७ लाई बुधबार प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण गरेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा आएको छ ।शेरचनले बुधबार खेलकुद विधेयकसँगै अन्य विधेयक पनि प्रमाणीकरण गर्नुभएको छ । विधेयक असोजको १४ गते प्रदेश सभाबाट पास भएको थियो ।

विधेयक प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद समिति गठन प्रक्रियाको बाटो खुलेको छ । गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय रहने व्यवस्था ऐनमा रहेको छ । ६ सदस्यीय कार्यकारी समिति रहने छ ।

 

प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई स्नातक तह उत्तीर्ण गरेको व्यक्ति मात्रै बन्न पाउने व्यवस्था गरेको छ । फौजदारी अभियोग समेत नलागेको हुनुपर्ने प्रावधान छ । गण्डकी प्रदेश खेलकुद सदस्य सचिव नियुक्तको लागि खुला प्रतिस्पर्धा शुरु हुने छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...