देशभर एक हजार ९४६ थपिए

काठमाडौं, कात्तिक २९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । हाल ३६ हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयले हालसम्म १६ लाख दुई हजार ६०३ जनाको आरटीपीसीआर परीक्षण गरेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...