काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो ।
