एक हजार १९७ सङ्क्रमित थपिए

काठमाडौं, मंसिर १ गते । नेपालमा कोरोना भाइरसका एक हजार १९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार १९७  जना सङ्क्रमित थपिएको र दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको जनाएको छ । हाल ३३  हजार ३७९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७६ हजार ३६४ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो चौबीस घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...