साहसिक पर्यटनको गन्तब्य पोखरा

पोखरा, मंसिर २ गते । पोखरा सहासिक पर्यटकीय गन्तब्य पनि हो । यहाँ प्याराग्लाईडिङ, बन्जी जम्प, क्यानोनिङ, जीप फ्लाएर, अल्ट्रालाईट, बालक्लाइम्विङ, साइकलिङ जस्ता साहसिक खेलको मज्जा लिन आन्तरीक तथा बाह्य पर्यटक यहाँ आउछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले सात महिना सबै क्षेत्र प्रभावित बने । त्यसबाट साहसिक खेल गतिविधिहरु प्नि अछुतो रहेनन् । सात महिना बन्द हुदाँ ठूलै आम्दानी गुम्यो । पोखराको हेमजामा रहेको जीप फ्लाएर विश्वकै उत्कृष्टभित्र पर्छ ।

सात महिना बन्द भयो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जना युवाले सुरु गरेको ‘जीप फ्लाएर’ छोटो समयमै उत्कृष्टको सूचीमा अटाउन सफल भएको छ । साहसिक खेलहरुको प्रवद्र्धन गर्ने जीप फ्लाएरलाई यहाँ आएका पर्यटकहरुको अनुभवका आधारमा तेस्रोमा स्थानमा राखिएको छ । विश्वका साहसीक ६ वटा जिप फ्लाएरमा नेपालको तेस्रो नम्बरमा छ । भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैयाँ लगानीमा जीप फ्लाएर संचालनमा ल्याउनुभएको थियो । सराङकोटको सिरानबाट हेमजाको याम्दीसम्म तानिएको फ्लाएरको केबलमा एकै पटकमा दुई जना झर्न मिल्ने कम्पनीका अप्रेसन प्रमुख दिनेश मर्हजन बताउनुहुन्छ । सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्न सकिन्छ ।

समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागी जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्छ । यस्तै पोखरामा साहसिक खेल बन्जी जम्प आन्तरीक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । पोखराको हेम्जामा बन्जी जम्प गर्ने आन्तरीक र बाह्य पर्यटक पुग्छन् । कोरोना भाइरसको संक्रमणसंगै बन्द रहेका यी साहसीक खेल सञ्चालनमा आएका छन् ।

सञ्चालनमा आएसंगै १५ प्रतिशत छुट अफर पनि सञ्चालक कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले ल्याएको छ । करिब ७० फिट उचाइको टावरबाट जम्प गर्न सकिन्छ । प्रति ब्यक्ति ४ हजार तोकिएकोमा अहिले १५ प्रतिशत छुट दिइएको छ । ।यस्तै, जिप फ्लायरको मूल्य ४ हजार ५ सय रहेकोमा यसमा पनि छुट गरिको छ । बन्जी र जिप फ्लायको कम्बो जम्मा मूल्य ७ हजार २०० थियो । यसमा पनि छुटको व्यवस्था छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...