एक हजार ४४२ जना सङ्क्रमित थपिए

काठमाडौं, मंसिर ३ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १६ लाख २३ हजार ७५४ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ ।

 

हाल २८ हजार ८७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा नौसय दशजना रहेका छन् ।पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...