पोखरा, मंसिर ६ गते । गण्डकी प्रदेशमा शनिबार दिउसो १०३ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले तीन विज्ञप्ति जारी गदै संक्रमितको संख्या सार्वजनीक गरेको हो ।
थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ४९ जना रहेका छन् । गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमित पोखरका रहेका छन् । दैनिक सयको हाराहारीमा पोखरामा संक्रमित बढेका छन् ।
शुक्रबार १३९ थपिदा पोखराका १०० जना रहेका थिए । आज पनि दिउसो एक बजेसम्म १०३ थपिदा आधा ४९ जना पोखरा महानगरका रहेका छन् । पोखरा कोरोना संक्रमणका लागि हटस्पट बनेको छ ।
पोखराका दैनिक एक देखि ६ जना सम्मको मृत्यु हुने गरेको छ । शुक्रबार पोखरा महानगरभित्रका ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।