अल्ट्रा लाइटबाट सुन्दर पोखरा

तारा चापागाई
 मंसिर ६ गते । काठमाडौबाट पोखरा अल्ट्रा लाइट उडानकै लागि आउनु भएका थापाथलीका निश्चल रिजाल अल्ट्रा लाइटको मजा एकपटक सबैले लिनुपर्ने बताउनुहुन्छ । शुक्रबार साँझ पोखरा आउनुभएका रिजाल शनिबार पोखराको आकाशमा अल्ट्रा लाइटबाट नियाल्दा वास्तविक सुन्दरता थाहा भएको प्रतिक्रिया दिनुभयो । “हिजो साँझ आए, अहिले उडिसकेर काठमाडौ फर्कदै छु, शुरुमा उड्न लाग्दा हल्का डर जस्तो लागेको थियो तर उडिसकेर पोखराको दृश्यावलोकन माथिबाट नियाल्दै निकै आनन्द लाग्यो, । ‘वाउ’ पोखरा कति सुन्दर छ ,। उहाँले भन्नु भयो, मेरो पनि घर पोखरामा भएको भए, । रिजालले भन्नु भयो । रिजाल जस्तै अल्ट्रालाइट उडने हर कोहिले पोखराको सुन्दतरतालाइ तारिफ नगरी बस्न सक्दैनन् ।

पोखरामा थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले विशेष सहुलियत दिएर साहसिक खेल ’अल्ट्रालाइट’ ५० प्रतिशत छुटका साथ सञ्चालनमा आएको छ । कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल केहि दिन अगाडीबाट संचालनमा ल्याएको पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले जानकारी दिनु भयो । स्वदेशी पर्यटकलाइ चलायमान बनाउने प्रयास गरेका छौ, यसले पर्यटनमा ईंटा थप्ने काम गर्ला भन्ने विश्वास छ, ।

 

उहाँले यस अगाडि नौ हजार शुल्क लाग्ने अल्ट्रा लाइटले अहिले भने ५५ सय रुपैयाँमा उडान सेवा दिइरहेको बताउनुभयो । लगभग ५० प्रतिशत छुट दिएका छांै, आन्तरिक पर्यटकलाई जोड दिएका हौ, केही काठमाडौ र धेरै पोखरा बाट विद्यार्थीहरु बढि मात्रामा आउनुभएको छ ।पहिला शुल्क महङ्गो भएकाले होला स्वदेशी भन्दा विदेशी बढी आउने गरेका थिए भने अहिले स्वदेशीलाई सहुलियत दिएको श्रेष्ठले बताउनुभयो । उहाँले पोखराका अल्ट्रा लाइटहरुले विशेष छुट दिइरहेको बेला इच्छुकहरुले यसको शयर गर्न उहाँले आग्रह गर्नुभयो ।

 

“यो पूर्णरुपमा सुरक्षित छ, इच्छुक सबैले यसको अनुभव लिन सक्नुहुन्छ, यसरी विशेष छुट दिइरहेको बेला पोखरेलीले आफनो घरदैलोमा भएको अल्ट्रा लाइटको मजा लिनु हुन आग्रह पनि गर्छु , श्रेष्ठले भन्नुभयो ।  श्रेष्ठका अनुसार पोखरामा ४ वटा अल्ट्रालाइट कम्पनी छन् । कोरोनाको महामारी भन्दा पहिला दिनमा १५ देखि २० जना उड्ने गरे पनि अहिले भने दिनमा ५, ६ जना उड्ने गर्छन् । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान गर्ने गरेको बताउनुभयो ।

पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट पोखराको आकाशमा हिमालको सुन्दर दृश्यावलोकन, सराङकोट, पोखरा फेवताल, स्तुफा लगायत पोखराका रमणिय दृश्यावलोकन गराएर सोही ठाउँमा ल्याएर अवतरण गरिने श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...