इनर्जी नभएकाहरुले नेतृत्व छाड्नुपर्छ ः सांसद पहारी

पोखरा, मंसिर ६ गते । गण्डकी प्रदेशसभा सदस्य राजीब पहारीले पार्टी र देशको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । नेपाल पावरलिफ्टिङ एशोसियसनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘देश बनाउन, विकास र समृद्धिका लागि पावर खर्च गर्नुपर्छ । इनर्जी भएकाहरुलाई नभएकाहरुले छाडनुपर्छ ।’

उहाँले देशमा अहिले पावरका लागि रस्साकस्सी भैरहेको बताउदै खेलाडीहरुले विश्वा पावर लिफ्टिङ प्रतियोगितामा सहभागी हुन लागेको बताउदै जितेर आउन शुभकामना दिनुभयो । उहाँले आफु कानून निर्माणको ठाँउमा रहेको बताउदै खेल र खेलाडीको पक्षमा कानून बनाउन भुमिका खेल्ने बताउनुभयो । सांसद पहारीले नेपाललाई पर्यटनको मात्रै नभएर खेलाडीको उर्वरभुमिका रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले विश्वका शक्ति राष्ट्रहरुलाई अरु कुनै चिजले परास्त गर्न नसक्ने बताउदै खेलकुदका माध्यमबाट मात्रै परास्त गर्न सकिने बताउनुभयो ।

 

उहाँले खेल क्षेत्रबाट जिविकोपार्जन गदै राष्ट्रको नाम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा खेलकुदको राजधानी हो भन्दै उहाँले पोखरा रंगशालामा खेलाडीले हानेको बल माछापुन्छेमा ठोक्किएर सेती नदीमा खस्ने सुन्दर दृश्य हेर्न पाइने बताउनुभयो । उहाँले शारिरिक रुपमा स्वस्थ रहन खेलकुद आवश्यक रहेको बताउदै खानपान र स्वास्थ्यमा ख्याल गरेर कोरोना भाइरस जस्ता रोग समेत जितिने बताउनुभयो । नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले सवैलाई राष्ट्रिय एकतामा बाँध्ने क्षेत्र खेलकुद मात्रै भएको बताउनुभयो । उहाँले जसले जहाँ गएर खेलेपनि सबै नेपालीको ध्यान केन्द्रीयत गर्ने भएको खेलकुद मात्रै राष्ट्रिय एकताको आधार हो भन्नुभयो । उहाँले खेल क्षेत्रमा आर्थिक रुपले आकर्षण गराउन राज्यले नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...