गण्डकीमा शनिबार कोरोनाबाट दुईको मृत्यु, नयाँ १०९ संक्रमित थपिए

पोखरा, मंसिर ६ गते । गण्डकी प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य एकजना पोखरा महानगरपालिका र एक जना पर्वत जिल्लाका रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक अनुसार पोखरा १३ का ७९ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । त्यस्तै पर्वत जिल्ला मोदी गाँउपालिका ६ का ६१ वषीय संक्रमितको मुत्यु भएको हो ।उहाँको पनि उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । यसैवीच शनिबार गण्डकी प्रदेशमा १०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।थपिएका मध्य पोखरा महानगरका ५६, नतहुँ २४,नवलपरासी १२, स्यांजा, बाग्लुंग चारचार जना, पर्वत र म्यादीका दुई दुई जना रहेका छन् । शनिबार ७३५ जनाको स्वाब संकलन गरिएकोमा ६२६ को नतिजा नेगेटिभ आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...