पोखराका ६५ सहित गण्डकीमा थपिए ७० संक्रमित

पोखराका ६५ सहित गण्डकीमा थपिए ७० संक्रमित पोखरा, मंसिर ७ गते । गण्डकी प्रदेशमा ७० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशले जारी गरेको पहिलोमा २१ र दोश्रो विज्ञप्तिमा ४९ जना संक्रमित थपिएको जनाएको छ ।

दुवै विज्ञप्तिमा गरेर पोखरा महानगरपालिकामा ६५ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरमा संक्रमितको संख्या बढेको छ । आइतबार ७० जना प्रदेशमा थपिदा पोखराका मात्रै ६५ जना छन् ।

पहिलो विज्ञप्तिमा तीन जिल्लामा थपिएका मध्य तनहुँ र स्याङजाका एक÷एक जना रहेका थिए भने दोश्रो विज्ञप्तिमा पनि तीन जिल्लाका रहेका छन् । तनहुँ एक जना र पर्वतमा दुई जना रहेका छन । गण्डकीमा संक्रमितको संख्या ११००६ पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...