जीप दुर्घटनामा आमा छोरीको मृत्यु

पोखरा, मंसिर ८ गते । बाग्लुङ, बडिगार्ड गाउँपालिका ५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बडिगार्ड ५ सुरखुरेबाट खारातर्फ आउँदै गरेको लु १ ज ४३७० नम्वरको पिकअप जीप अचानक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकदेखी अन्दाजी ४०० मिटर तल खस्दा जीपमा सवार ५ जना मध्य बिागलुङ, बडिगार्ड गाउपालिका ५ दागा बस्ने वर्ष २२ की टेकमाया राना र  छोरी साढे सात महिनाकी छायाँ रानाको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । त्यस्तै दुर्घटनामा वर्ष ६० की गौमती रोक्क गम्भिर घाईते भई उपचारको लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...