प्याराग्लाइडिङ्ग् पाइलट नेपालीको परिवारलाई ५ लाख सहयोग

पोखरा, मंसिर ९ गते । प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलट तथा खेलाडी राजु गैरे नेपालीको परिवारलाई ५ लाख आर्थिक सहयोग प्रदान गरिएको छ । प्याराग्लाइडिङ एशोशियसनको तर्फबाट रु ५ लाख उहाँको परिवारलाइ प्रदान गरिएको अध्यक्ष कृष्ण भण्डारीले हस्तान्तण गर्नुभयो ।

सोमबार पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटना हुदाँ प्याराग्लाइडिङ पाइलट पोरा मखहानगरपालिका २८ कालिका घर भई ६ लेकसाईड बस्ने वर्ष ३८ का नेपालीको मृत्यु भएको थियो । प्याराग्लाईडिङमा उडान गरेकी शिला श्रेष्ठ घाइते गम्भिर घाइते हुनुभएको थियो । उहाँको थप उपचारका लािग काठमाडौ लगिएको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका दुई बस्ने २८ वषीय श्रेष्ठ घाईते भएको र उपचारार्थ मेट्रोसिटी अस्पताल सृजनाचोक ल्याएपछि अवस्था गम्भिर भएपछि सोमबारै काठमाडौ लगिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...