मादी गाँउपालिकामा एकैदिन तीन पुलको शिलान्यास

पाँच वर्षमा डेढ सय पुल निर्माण गछौँ ः मुख्यमन्त्री गुरुङ

पोखरा, मंसिर १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकै दिन तीन वटा पुलको शिलान्यास गर्नुभएको छ । कास्कीको मादी गाँउपालिकाका छुटटाछुटटै ठाँउमा निर्माण हुने तीन पुलको मंगलबार मुख्यमन्त्री गुरुङले शिलान्यास गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीको मादी गाउँपालिकामा पर्ने इदीखोलामा इदीखोला मोटरेबल पुल शिलान्यास गर्नुभएको छ ।४ करोड ४२ लाख १७ हजार ६३ रुपैंयाँको लागतमा बन्ने पुल २०७८ साल साउन २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिद्धारा यो पुल निर्माण गर्नेछ । त्यस्तै मकैखोलामा निर्माण हुन पुलको शिलान्यास गर्नुभएको छ । आसिसी टी बिम प्रविधिमा बन्ने पुलको गालत २ करोड ३२ लाख ६९ हजार रहेको छ । पुलको लम्बाई २५ दशमलव ६५ मिटर रहेको छ । उक्त पुल निर्माणको ठेक्का गजेन्द्र निर्माण सेवाले पाएको छ । यो पुल साउन २१ गते निर्माण पुरा गर्ने लक्ष्य राखेर सम्झौता गरिएको हो ।

त्यस्तै मादी गाँउपालिका वार्दीखोलामा बन्ने पुलको समेत आजै शिलान्यास गरिएको छ । पुलको लागत ४ करोड ५२ लाख ७२ हजार रुपियाँ रहेको छ । पुलको लम्बाई ३६ दशमलव २ मिटर हुने छ । पुल २०७८ असोज २८ गते निर्माण सम्पन्न गर्ने गरी नयाँबाटो भदौरे जिएम इन्जिनियरिङले ठेक्का लिएको मादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।

तीन वटै पुल शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशमा विकासको लहर आएको बताउनुभयो । उहाँले प्रदेश सरकारको पाँच वर्षे कार्यकालभित्र डेढ सय वटा पुल निर्माण हुने दावी गर्नुभयो । उहाँले भौतिक पूर्वाधार विकासमा पुल निर्माणले कोसेढुंगा सावित हुने विश्वास गर्नुभयो । मादीमा निर्माण भएका पुल मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा पर्ने बताउनुभयो । प्रदेश सरकारले लोकमार्गकै स्तर र मापदण्ड पूरा हुने गरी निर्माण सुरु गरेका यी पुल आउँदो वर्षको असोजभित्रै पूरा हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले देशमा विकासको मुल फुटेको बताउदै सरकारलाई आफनै पार्टीको नेतृत्वबाट असहयोग भएको बताउनुभयो । सरकारले धेरै काम गरेको छ तर आफनै पार्टीका अध्यक्षले सरकारको आलोचना गदै हिडनु भएको छ भन्दै उहाँले कोरोना भाइरसको संक्रमणमा समेत सरकारले विकासका कामलाई तिव्र गतिमा अगाडी बढाएको बताउनुभयो । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६० वटा सडक पुल निर्माण गर्ने लक्ष्य अनुसार काम अगाडी बढाएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...