पोखरामा आफनै छोरी बलात्कार गरेको आरोपमा बाबु फक्राउ

पोखरा, मंसिर १२ गते । आफनै नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पोखरामा बाबु पक्राउ परेका छन् । ३९ बर्षीय पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको आएको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय मंसिर ६ गते एउटा होटलमा लगी जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरीएका पुरुषलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । हाडनाता करणीकसुरमा अदालतबाट म्याद थप गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...