पोखराका ८८ सहित गण्डकीमा थपिए १५८ नयाँ संक्रमित

पोखरा, मंसिर १२ गते । गण्डकी प्रदेशमा शुक्रबार १५८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनी गरेका छ वटा बिज्ञप्ति अनुसार पोखरामा महानगरपालिकाका मात्रै ८८ जना रहेका छन् ।

स्याङजा १६ जना, बाग्लुङ १० जना, तनहुँमा ९ जना, नवरपरासीमा ९ जना, गोरखामा ९ जना, पर्वत ८ जना लमजुङ २ जना र म्यादीमा १ जना गरी १५८ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा हालसम्म ११६८६ जना संक्रमित भएका छन् । शुक्रबार गण्डकीमा चार जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...