कोरोना संक्रमणबाट पोखराका दुई जनाको मृत्यु

 पोखरा, मंसिर १४ गते । कोरोना संक्रमणबाट आइतबार पोखरामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्वर १९ र ११ का पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ का ५७ बर्षीय पुरुषको मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राती मृत्यु भएको निदेशनालयले जनाएको छ । मृतकमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा ११ का ६० बर्षीय पुरुषको उपचारका संक्रममा मृत्यु भएको छ ।

 

आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । मृतकमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...