ट्रान्सपरेन्सी इन्टरनेशनलकोे प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं, मंसिर १४ गते । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ ।

आज मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो ।

8.10 – Copy

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...