१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा स्थगित गरिएको छ । दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो ।
आफू केही समय अन्य काममा लाग्नुपर्ने भएकाले बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बैठक दुई बजेसम्म स्थगित गरिएको छ ।
ई बजे बस्ने बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेश गरेको डकुमेन्ट माथि छलफल गर्ने तयारी भएको छ । हिजोकै बैठकबाट छलफल गर्ने भनिए पनि ओली र प्रचण्डबीच विवाद भएपछि छलफल रोकिएको थियो ।