नेपाल सचिवालय बैठक स्थगित अर्को बैठक शनिबार बस्ने

काठमाडौं, मंसिर १७ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले बताएको छ । सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुग्नु भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार आजको बैठक नबस्दै स्थगित भयो । बैठकका लागि नेताहरु बालुवाटार पुग्नु भएपनि बैठक बस्न नसकेको उहाँले बताउनुभयो । अर्को बैठक २० गते शनिबार १ बजे बस्ने उहाँले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री ओली व्यस्तता देखाउँदै उपस्थित हुन नसक्ने जनाउ मंगलबार नै गराउनुभएको थियो । व्यस्तताबीच बैठक बस्नुपर्ने अडानका बीच बैठक एक घण्टा ढिलोगर्नेगरी सारिएको थियो । तर पनि बैठक बस्न सकेन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...